Sagun Khabar
बैतडीमा भेट्रान भलिबल प्रतियोगिता शुरु 

बैतडी –बैतडीमा जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगिता शुरु भएको छ । नगर खेलकुद विकास समितिको बार्षिक कार्यक्रम अनुसार दशरथचन्द नगरपालिकाको आयोजनामा प्रतियोगिता शुरु गरिएको हो । 

निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा प्रतियोगिताको आज एक कार्यक्रमकाबीच उद्दघाटन गरिएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए । यस्तै उद्दघाटन सत्रमा नगर उपप्रमुख कौशिला चन्द बिशिष्ट अतिथी रहेकी थिइन् । यस्तै नगरपालिकाका वडाका अध्यक्षहरुसहित अन्य जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

प्रतियोगिता उद्दघाटन सत्रमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्र, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थी लगायतको उपस्थिती रहेको थियो । 

Atrya hospital

प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० बर्ष उमेर पुगेका खेलाडीहरुलाई मात्रै समावेश गरिएको खेल प्रशिक्षक दिपेन्द्रबहादुर बोहराले बताए । 

प्रतियोगिताको पहिलो दिन आज पाँच खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा नेपाल खेलकुद महासंघको टीमले दनपा १ को टीमलाई पराजित गर्दै जित हात पारेको छ । 

यस्तै आज भएको दोश्रो खेलमा दनपा १० को टीमले दनपा ९ र ११ को टीमलाई पराजित गरेको छ । आजै भएको तेश्रो खेलमा सागर स्पोर्टस क्लब मेलौलीले वल्र्डवाइड पाटनलाई हराउँदै जित हात पारेको छ भने चौथो खेलमा दनपा ८ त्रिपुरा टीमले दनपा १ लाई पराजित गरेको छ । 

यस्तै आजै भएको पाँचौं खेलमा दनपा १० ले सागर स्पोर्टस क्लब मेलौलीलाई पराजित गर्दै जित हाँसिल गरेको छ । 

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
प्रतियोगितामा तेश्रो हुने टीमलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना स्थान प्राप्त गर्ने टीमलाई नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

यस्तै बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट सर्भर र बेस्ट डिफेन्सरलाई जनही नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।

vetran-volleyball-1729944371.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update