Sagun Khabar
पाटन प्रिमियर लिग : सुपर सिक्समा पञ्चेश्वर विजयी 

बैतडी – बैतडीको पाटनमा जारी चौथो संस्करण्को पाटन प्रिमियर लिगको सुपर सिक्समा पञ्चेश्वर गाउँपालिका विजयी भएको छ ।

आजको पहिलो खेलमा पञ्चेश्वर गाउँपालिकाले पाटन क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको हो । पञ्चेश्वर गाउँपालिकाले दिएको २१० रनको लक्ष्य पछ्याएको पाटन क्रिकेट ट क्लब १७.२ ओभरमा १२९ रनमा समेटियो । 

Atrya hospital

पाटनका सुमित बुढालले ५२ रनको अर्धसतकीय पारी खेलेका थिए । दिपक बोहराले २७ रनको योगदान दिएका थिए । पञ्चेश्वरका लागि हिक्मत महरा र दिनेश महराले  ३÷३ विकेट लिए । यसअघि कृष्ण माविको खेलमैदानमा टस हारेर ब्याटिङ गरेको पञ्चेश्वर गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । 

पञ्चेश्वरका लागि बिकास कार्कीले ९८ रनको इनिङ खेलेका थिए । बिरेन्द्र नाथले ५९ रनको योगदान गरेका थि ए। पाटनका निरज बिष्टले २ विकेट लिए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update