Sagun Khabar
बैतडीमा भेट्रान भलिबल प्रतियोगिता : खेलकुद महासंघ फाइनलमा प्रवेश 

बैतडी–बैतडीको देहीमाण्डौंमा जारी जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगितामा नेपाल खेलकुद महासंघको टीम फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमीफाइनल खेलमा ग्वाल्लेक –नागार्जुन टीमलाई सोझो ३ सेटमा पराजित गर्दै महासंघको टीम फाइनलमा प्रवेश गरेको हो । 

दोश्रो सेमीफाइनल खेल सोमबार बिहान ८ बजे दनपा १ गुरुखोला र दनपा १० बाराकोटबीच हुने खेल प्रशिक्षक दिपेन्द्र बोहराले बताए । उक्त खेलबाट फाइनलमा पुग्ने टोली र नेपाल खेलकुद महासंघको टोलीबीच भोलि नै फाइनल भिडन्त हुने बोहराले बताए ।

Atrya hospital

यसअघि प्रतियोगिता अन्तर्गत आज लिग चरणका चार ओटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा ग्वाल्लेक –नागार्जुन टीमले पाटन ओल्ड ब्वाइजलाई हराएको थियो । 

यस्तै नेपाल खेलकुद महासंघ र दनपा ८ त्रिपुराबीच भएको दोश्रो खेलमा नेपाल खेलकुद महासंघले जित हात पार्यो । 

यस्तै आजै भएको तेश्रो खेलमा सागर स्पोर्टस क्लब मेलौलीले ग्वाल्लेक नागार्जुन टीमलाई पराजित गर्यो । यस्तै आज भएको चौथो खेलमा दनपा १० बाराकोटले पाटन ओल्ड ब्वाइजलाई पराजित गर्यो । 

नगर खेलकुद विकास समितिको बार्षिक कार्यक्रम अनुसार दशरथचन्द नगरपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो । 

प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० बर्ष उमेर पुगेका खेलाडीहरुलाई मात्रै समावेश गरिएको खेल प्रशिक्षक दिपेन्द्रबहादुर बोहराले बताए । 

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने टीमलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 
प्रतियोगितामा तेश्रो हुने टीमलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना स्थान प्राप्त गर्ने टीमलाई नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद २ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

यस्तै बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट सर्भर र बेस्ट डिफेन्सरलाई जनही नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update