बझाङ –बझाङमा सोमबार बिहान जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका–स्थित खानेपानी ट्यांकी नजिकै बा.१८ च ५१४९ नम्बरको जिप दुर्घटना भएको हो ।
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरका लागि छुटेको जिप एक्कासी बे्रक फेल भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित सात जना सवार रहेका र ती मध्ये चार जना घाइते भएका छन् ।
घाइते हुनेमा तलकोट गाउँपालिका –१ का ५६ बर्षीय बिरबहादुर बम्म, सोही ठाउँकी ४५ बर्षीय धनलक्ष्मीदेवी बम्म, जयपृथ्वी नगरपालिका –११ की २५ बर्षीया विद्या बोहरा र सोही ठाउँमा ११ बर्षीय शंकर धामी रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिप चालकलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।