Sagun Khabar
उज्यालो खोजीरहेका सिगास बासीले अध्यारोमै चित्त बुझाए

बैतडी - बैतडीको सिगास गाउँपालिकामा विद्युत नपुग्दा नागरिक अध्यारोमा बस्न बाध्य भएका छन । बर्षौ देखि उज्यालो खोजीरहेका सिगास बासीले अहिले सम्म बिजुली बत्ती उपभोग गर्न नपाए पछि अध्यारोमै चित्त बुझाएको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने सिगास गाउँपालिकामा अहिलेसम्म बिद्युत नपुग्दा नागरिक अध्यारोमा बस्न बाध्य भएका हुन । गाउँपालिका भित्र विद्युत् सेवा नहुँदा गाउँपालिकादेखि वडा कार्यालय, बैङ्क र स्वास्थ सेवा संचालनमा समेत सेवा प्रभावित हुने गरेको छ ।

जिल्लाको सिगास गाउँपालिकाले गएको पाँच वर्षमा १० करोड ७० लाख रुपियाँभन्दा बढी खर्च गरिसकेको छ भने चालू बर्षहरुमा पनि बर्षने लाखौ खर्च हुदा पनि नागरिक विद्युतको पहुँचमा पुग्न नसक्दा नागरिकहरु दैनिक काम काजमा सोलार र टुकी बाल्न बाध्य रहेका वडा नम्बर ६ का वडा अध्यक्ष तेज बहादुर साउदले बताए  ।

Atrya hospital

बर्षौ देखि अध्यारोमा रहेको सिगास गाउँपालिकामा अधिकांश ठाउँमा अँध्यारो भए पनि अहिले विद्युत बिस्तारमा सिगास गाउँपालिकाले विद्युत बिस्तारको कामलाई तिब्रता दिए संगै गाउँपालिकाको वडा नम्बर  १, २ ,३,४ र ५ का केही ठाउँमा विद्युत बिस्तारको तीव्रता संगै बत्ति बल्न थालेको वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर साउदले बताए  ।

 

गाउँपालिका भित्र उज्यालो गाउँपालिका बनाउन वडा २ र ३ मा माइक्रो हाइड्रोपावर बनाएको छ। तर अरु वडामा भने नागरिक बिजुली बत्ती बाट बन्चित रहेका वडा नम्बर ७ वडा अध्यक्ष साउदले बताए । जनप्रतिनिधि आएको दुई कार्यकाल हुदा सम्म पनि गाउँपालिकामा विद्युत नपुग्दा गाउँपालिका बासी खोटो र झरोको भरमा दैनिकी चलाइरहेका छन । जिल्ला सदरमुकामबाट  दुर्गम गाउँपालिका मानिने सिगास गाउँपालिकामा विद्युत नहुँदा वडाहरुमा समेत कार्यलयले गर्ने नियमित कामकाज गर्न समस्या हुने गरेको छ । विद्युत नपुग्दा सेवा कार्यालयहरुले सोलार बत्तीकै भरमा प्रिन्ट, फोटोकपी र कम्प्युटर सम्बन्धि  अत्यावश्यक काम गर्न समेत असहज भएको वडा स्रोतले बताउने गरेका छन  ।  तर यता नेपाल बिद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले भने छिट्टै गाउँपालिकाको सबै ठाउँमा विद्युत पुग्ने गरि काम भैरहेको बाताएको छ । सिगास गाउँपालिकामा विद्युत बिस्तारको लागि टेन्डर गरिएको र सोही अनुसार काम भैरहेको बैतडी वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले बताए ।

आफ्नै स्रोत साधनले प्रयाप्तमात्रामा विद्युत पुर्याउने लक्ष्य रहेको सिगास गाउँपालिकाले गत आर्थिक बर्षमा जम्मा पाच सय घर धुरीमा ४६ किलो वाट विद्युत मात्रै पुर्‍याउन सकेको थियो ।   

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update