Sagun Khabar
आज काग तिहार मनाइँदै
Atrya hospital

काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । 

यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण तिहार अर्थात यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update