Sagun Khabar
बैतडीको शिवनाथ गाउँपालिकाले कार्तिक २३ गते स्थानीय बिदा दियो 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले यही कार्तिक २३ गते स्थानीय बिदा दिएको छ । शिवनाथ गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलाको अवसरमा स्थानीय बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

यही कार्तिक ८ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार कार्तिक २३ गते गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था, गैरसरकारी निकायमा बिदा रहने बताइएको छ । 

Atrya hospital

शिवनाथ धामको जात्रामा स्थानीयहरुको उल्लासमय सहभागिता रहने भएकाले जात्राको दिन स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ । हरेक बर्ष शिवनाथ धामको जात्रामा गाउँपालिकाले बिदा दिँदै आएको छ । 

सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थलमध्येको शिवनाथ धाममा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा बैतडीसहित सुदूरपश्चिमका विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्ने गर्दछन् । यस्तै सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु जात्रामा आउने गरेको अध्यक्ष साउँदले बताए । 

शिवनाथ धामको जात्रामा भकुण्डो खेल्ने प्रचलन रही आएको छ । यो नै जात्राको मुख्य आकर्षण पनि हो । स्थानीय साउँद र धनाडी थरका दर्शनार्थीहरुले भैलो गाउँदै जात्रामा भकुण्डो खेल्ने गर्दछन् । 

शिवनाथस्थित उदयदेव कफाडी मन्दिरमा बलि गरिएको राँगाको छालाबाट बनेको भकुण्डको शिवनाथको जात्रामा खेल्ने चलन रही आएको छ ।

shivnath-1730261043.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update