Sagun Khabar
वनारसी विश्वनाथ धाममा रेलिङ निर्माण 

बैतडी–बैतडीको पाटन नगरपालिका–३ सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाममा रेलिङ निर्माण गरिएको छ । 

मन्दिरको मुलथानमा पाटन नगरपालिका–४ ढकाली गोल्देउ निवासी पदमसिंह बिष्ट र गोपालसिंह बिष्ट दाजुभाइले रेलिङ निर्माण गरेका हुन् । 

Atrya hospital

करीब ४८ हजार रुपैयाँको लागतमा मन्दिरमा रेलिङ निर्माण गरिएको गोपालसिंह बिष्टले बताए । मन्दिरको संरक्षण र सम्वद्र्धनमा सहयोग पुगोस भन्ने हेतुले रेलिङ निर्माण गरिएको उनले बताए । 

बैतडीका प्रमुख धार्मिक स्थलमध्ये वनारसी धामलाई पनि लिइन्छ । परापूर्वकालमा देवता र दानवको युद्धमा वनारसी देवताले खपरे दैत्य मारेको किम्वदन्ती रही आएको छ । 

सुर्नया नदीको किनारमा रहेको वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग रहेको नेपालका प्रथम ऐतिहासिक जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउँदै आएका छन् । अहिले उक्त ठाउँमा विश्वनाथ ज्योतिर्लिङ्ग समेत स्थापना गरिसकिएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update