कञ्चनपुर –आगामी मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ ।
कांग्रेसले वडाध्यक्षका लागि कांग्रेस कञ्चनपुरका नेता प्रकाशबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र ३ का सभापति केशवबहादुर चन्दले वडासभापतिसमेत रहेका चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको बताए ।
वडाबाट सिफारिस भएर आएका उम्मेदवारमध्ये अहिले प्रकाशबहादुर चन्दलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए ।
२०७९ मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको गत वर्ष मृत्यु भएसँगै निर्वाचन आयोगले रिक्त स्थानमा उपनिर्वाचन गर्न लागेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ १४:१३
प्रतिक्रिया दिनुहोस्