बैतडी –भन्सार छलीका सामग्रीसहित बैतडीका एकजना बिहीबार दार्चुलामा पक्राउ परेका छन् ।
दार्चुलाको खलंगाबाट गोकुलेश्वरतर्फ आउँदै गरेको सु.प.प्र.०१००१ ज १९९० नम्बरको जिपमा भन्सार छलीका सामग्री सहित उक्त जिपका चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का सागर रानालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीचौकी शंकरपुर पस्तीबाट खटिएको प्रहरी टोलीले मालिकार्जुन –८ पस्तीस्थित सडकखण्डमा उक्त जिपमा चेकजाँच गर्दा करीब ५ लाख ५८ हजार रुपैयाँको भन्सार छलेर ल्याएको अवैध सामग्री बरामद गरेको हो ।
घोडा बिँडी, सुर्ती, सलाई लगायतका अवैध सामग्री, चालक र जिपलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय दार्चुलामा पठाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१ १४:३२
प्रतिक्रिया दिनुहोस्