बैतडी–बैतडीमा काटेको खर थुपार्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–६ सित्तड सलेना भुलगाउँकी ३२ वर्षीया देवकी भुलको बिहीबार चारबजेतिर स्थानीय लेक भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लोकेन्द्र गोयलाले बताए ।
काटेको खर ओढारमा थुपार्नका लागि लैजाने क्रममा एक्कासी चिप्लेर भुलको मृत्यु भएको हो । उनी करीब एक सय मिटर तल खसेकी थिइन् ।
मृतक भुलको घरमा दुई नाबलक छोरा रहेका छन् । मृतक भुलका श्रीमान करन भुल रोजगारीको सिलसिलामा मलेसियमा रहेका गोयलाले बताए ।
चाडपर्वको समयमा भीरबाट लडेर देवकीको निधन भएपछि सिंगो सित्तड गाउँ शोकमा डुबेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१ १८:३२
प्रतिक्रिया दिनुहोस्