बैतडी –डोटीको घाङल प्रहरी चौकीमा कार्यरत बरिष्ठ हवल्दार केशवसिंह धामीको धनगढीमा मृत्यु भएको छ । ड्युटीमै रहेका बेला बेहोस भएर अस्पताल पुर्याइएका प्रहरी बरिष्ठ हवल्दार धामीको मृत्यु भएको हो ।
बिहीबार राति साढे आठबजेको समयमा धामी बेहोस भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टले बताए । दार्चुला घर भएर डोटीस्थित प्रहरी चौकी घाङमा कार्यरत धामी अचानक बेहोस भएपछि धनगढी पुर्याइएको थियो ।
सेती प्रादेशिक अस्पतालमा पुर्याइएका धामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । धामीको मृत्युको कारण भने खुलेको छैन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१ १५:०९
प्रतिक्रिया दिनुहोस्