बैतडी–बैतडीको सिगास शिक्षा क्याम्पस गाँजरीमा नेविसंघले तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष विरेन्द्रकुमार साउँदको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य कपील केसी प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य रामचन्द्र महरा, नेपाली कांग्रेसका क्षेत्रीय सहसचिव दिपक धामी, सिगास गाउँपालिका समिति सचिव भानसिंह धामी, सिगास शिक्षा क्याम्पसका स्ववियु सभापति लोकेन्द्र धामी लगायतको सहभागिता रहेको थियो ।
शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेविसंघ केन्द्रीय सदस्य कपील केसीले लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक चरित्र स्वीकार्य नभएको बताए । जिल्लामा नेविसंघका दुईओटा कार्यसमिति रहेकोतर्फ इंगित गर्दै समस्या समाधानमा नेतृत्वले चासो देखाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष विरेन्द्रकुमार साउँदले संघको संगठन विस्तारका लागि आफूहरु लागि परेको बताए ।