Sagun Khabar
सुदूरपश्चिममा शनिबार ६ सवारी दुर्घटना, १२ जना घाइते 

बैतडी – सुदूरपश्चिममा हिजो शनिबार एकैदिन ६ ओटा सवारी दुर्घटना भएका छन् । 

छुट्टाछुट्टै भएका दुर्घटना परेर १२ जना घाइते भएका प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले संकलन गरेको विवरणमा उल्लेख गरिएको छ ।  

कैलालीमा पाँच र अछाममा एक गरेर ६ ओटा सवारी दुर्घटना भएको बताइएको छ । 

Atrya hospital

कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा से १ प ९२३१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा ४० वर्षीय पुरुष घाईते भएका छन् । उनको सेती प्रादेस्शक अस्पताल धनगढीमा उपचार भईरहेका प्रहरीले बताएको छ । 

यस्तै कैलालीको कैलारी गाउँपालिका–६ धरमपुरमा से ५ प ४११८ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा ३ वर्षीय बालक नितेन चौधरी घाईते भई भएका छन् । घाइते बालकको निर्सग अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

यस्तै कैलारी गाउँपालिका–२ बड्कामुडामा सुदूरपश्चिम प्रदेश ०१०११प ६८०५ नम्बरको स्कुटी र सुदूरपश्चिम प्रदेश ०१००१ ह ५७८१ नम्बरको अटो एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । स्कुटी र अटो आपसमा ठोक्किदा २० वर्षीय युवक सन्देश चौधरी घाईते भएका छन् । उनको कैलारी अस्पताल हसुलियामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ ।

गौरीगंगा नगरपालिका–८ बढैपुरमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ७५१९ नम्बरको मोटरसाईकललाई सुदूरपश्चिम प्रदेश ०१–०१२ प २१४५ नम्बरको स्कुटीले ठक्कर दिँदा ९ वर्षीय बालक घाईते भएका छन् । बालकको निर्सग अस्पताल धनगढीमा उपचार भईरहेको छ ।

यस्तै धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा सुदूरपश्चिम प्रदेश ०१००१ च ३०५८ नम्बरको कारको पछाडी म १ प २७५१ नम्बरको मोटरसाईकल ठोक्किदा ४८ वर्षीय पुरुष घाईते भएका छन् । घाइते पुरुषको स्वस्तिक अस्पताल धनगढीमा उपचार भईरहेको छ । 

यस्तै अछाममा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा ढकारी गाउँपालिका–१ लयगाउँका ३२ वर्षीय दिनेश रिमाल, उनका १० वर्षीय छोरा लोकेश रिमाल, ४६ वर्षीय धने टमट्टा, ५७ वर्षीय मनराजे टमट्टा घाइते भएका छन् । यस्तै १६ वर्षीया कविता टमट्टा, १७ वर्षीया खिमा टमट्टा र १३ वर्षीया जनधरा टमट्टा घाइते भएका छन् । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update