Sagun Khabar
नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश

बैतडी –सुदूरपश्चिम प्रदेश मोरङको विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको लिग चरणको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पराजित गरेसँगै उसले उपाधि भिडन्त पक्का गरेको हो ।   

प्रतियोगिताअन्तर्गत पाँच खेल खेलेको सुदूरपश्चिमले चार  खेलमा विजयी हुँदै आठ अङ्क जोडेको छ । सुदूरपश्चिम लिग चरणको एक खेल अगावै फाइनलमा पुग्न सफल भएको छ । सुदूरपश्चिमले अब उपाधिका लागि बुधबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमले लिग चरणको अन्तिम खेल भने कोशी प्रदेशसँग खेल्ने छ ।

Atrya hospital

विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा शनिवार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर एक सय २९ रन बनायो । 

बागमतीका लागि रोशन विश्वकर्माले अविजित ५६ रन बनाए । यस्तै उत्तम मगरले २६ तथा सार्थक धितालले ११  रन बनाए । बलिङतर्फ सुदूरपश्चिम यूवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । 

एक सय ३० रनको विजयी लक्ष्य सुदूरपश्चिमले २८ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमका लागि प्रकाश पाण्डेले अविजित ५२ रन बनाए । यस्तै नरेन भट्टले ३८, अभिषेक थापाले १४ तथा दिपक रोकायाले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ बागमतीका दिपक सेरलाले दुई विकेट लिए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update