Sagun Khabar
उत्तराखण्डको अल्मोडामा बस दुर्घटना, २२ जनाको मृत्यु 

सोमबार बिहान उत्तराखण्डको अल्मोडाको मार्चुलामा यात्रु खचाखच रहेको बस दुर्घटना भएको छ । बस अनियन्त्रित भएर भिरमा खसेको थियो । स्थानीय बासिन्दाको सहयोगमा यात्रुहरूलाई निकाल्ने काम भइरहेको छ ।

बस दुर्घटनामा २२ जनाको मृत्यु अल्मोडा जिल्ला प्रकोप व्यवस्थापन अधिकारी विनीत पालले बीबीसी हिन्दीलाई भनेका छन् । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ ।

Atrya hospital

रामनगर जाँदै गरेको बस सल्टनजिकै कोपी भन्ने ठाउँमा खसेको थियो । बसमा फसेकाहरूलाई बाहिर निकाल्ने काम भइरहेको बताइएको छ । अल्मोडामा भएको बस दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले विपद् व्यवस्थापन सचिव आयुक्त कुमाऊँ मन्डल र अल्मोडाका डीएमसँग फोनमा कुरा गरेर जानकारी लिएका छन् ।

यस क्रममा उनले उद्धार र राहत कार्यलाई शीघ्रता दिन निर्देशन दिएका छन् । एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थलमा पुगेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update