बैतडी–बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर–३ तडीगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो एकबजेतिर स्थानीय दोसिर भीरबाट लडेर मृत्यु भएको हो ।
खरफागलामा खर काटिरहेकी पार्वतीलाई वनमा चराउन लगेको छिमेकीको बोकाले हान्दा उनी करीब ५ सय मिटर तल खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
मृतक भट्टको घरमा चार छोरा र चार छोरी रहेका छन् ।
भीरबाट लडेर पार्वतीको निधन भएपछि सिंगो तडीगाउँ शोकमा डुबेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ १५:२४
प्रतिक्रिया दिनुहोस्