बैतडी– बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–१ गोरङ सुर्कालकी २० वर्षीया पार्वती बिष्टको सोमबार दिउँसो ४ बजेतिर स्थानीय छिना घेरको भीरबाट लडेर मृत्यु भएको हो ।
भीरबाट लडेकी बिष्टको घटनास्थलमै मृत्यु भएको उनका काका केशव बिष्टले जानकारी दिए । पार्वतीको कलिलो उमेरमै भीरबाट लडेर निधन भएपछि गोरङ गाउँ शोकमा डुबेको छ ।
मृतक बिष्ट घरकी एक्ली छोरी हुन् । उनको मृत्युपछि परिवार स्तब्ध बनेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ २०:०८
प्रतिक्रिया दिनुहोस्