Sagun Khabar
बैतडीका पाँचओटा पालिकामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन हुँदै 

बैतडी–बैतडीका पाँचओटा पालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कार्तिक अन्तिम साता पाँचओटा पालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

पाँचओटा पालिकामा तिहार अघि खोप अभियान सम्पन्न भइसकेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप अभियान सम्पन्न भएको हो । 

Atrya hospital

जिल्लाको पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कार्तिक २६ र २७ गते खोप अभियान सञ्चालन हुनेछ भने दशरथचन्द नगरपालिकामा कार्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन भएको बताइएको छ । 

अभियान अन्तर्गत यो भन्दा पहिला कोरोना विरुद्धको खोप नलगाएका १२ बर्षभन्दा माथिका सबै नागरिक र कोरोना खोप लगाएको १ बर्ष पूरा भएका १२ बर्षमाथिका सबै नागरिकलाई कोभिड –१९ विरुद्धको खोप दिने गरिएको छ । गर्भवती महिलाहरुको हकमा तीन महिना पूरा भएकाहरुलाई मात्रै खोप दिने गरिएको भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update