कैलाली- कैलालीको धनगढी घर भएका एक जना युरोपीयन मुलुक पोर्चुगलबाट सम्पर्कविहिन भएका छन् । धनगढी स्थायी घर भएका सुरेशकुमार ओझा पोर्चुगलबाट सम्पर्कविहिन भएका हुन् ।
ओझालाई पोर्चुलगलमा एक जना एनआरएन सुरज विष्टसँग होस्टेलमा राखिएको थियो । तर सुरेशकुमार ओझा ७ महिनाअघि नै होस्टेलबाट भागेका थिए ।
लामो समयदेखि सम्पर्कविहिन भएका ओझाको खोजीकार्यमा सहयोग गरिदिन एनआरएन सुरज विष्टले सबैमा आग्रह गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ १४:३४
प्रतिक्रिया दिनुहोस्