Sagun Khabar
ज्यान मार्ने उद्योगमा गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
Atrya hospital

काठमाडौं - गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषि ठहर गर्दै उनलाई सो सजाय सुनाइएको हो ।

मनाङेलाई यसअघि  उच्च अदालतले दोषि ठहर गरेको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update