बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका वडा न.७ स्थित बाईम युवा क्लबले चन्दा संकलन गरी भाँडावर्तन खरिद गरेका छन् । गाउँटोलमा विबाह ब्रतबन्ध जस्ता कार्यक्रमहरुमा तथा मन्दिरमा भक्तजनहरुलाई खाना बनाउन सहज होस भनेर स्थानीयहरुले चन्दा संकलन गरेर भाँडावर्तन खरिद गरेका हुन् ।
क्लबले ५० थान गिलास , ५० थान थाल, ४ थान डेक, एक–एक थान डाडु पन्यु खरिद गरेका हुन । बाईम युवा क्लबको अगुवाईमा खरिद गर्ने कार्य सम्पन्न भएको क्लबका अध्याक्ष प्रदिप जोसिले बताए । भाँडावर्तन खरिदका लागि रोजगारीको सिलसिलामा स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुबाट ४० हजार ७८० रुपैया नगद संकलन भएको जोसीले बताए ।
क्लबले समाजमा विभिन्नरुपमा सहयोग गरिरहेको छ । यस्तै क्लबले अन्य सामाजिक कार्य पनि गर्दै आएको छ । समाजका असहाय दुःखी र पीडितहरूलाई क्लबले सहयोग गर्दै आइरहेको छ । आफ्नो गाउँ आफै बनाउँ भन्ने नाराका साथ टोलमा विभिन्न समयमा भएका समस्याहरु क्लबले समधान समेत गर्ने गरेको क्लबका अध्यक्ष प्रदिप जोसीले जानकारी दिए ।