बैतडीः बैतडीका एक किशोर भारतमा बेपत्ता भएका छन्। जिल्लाको सुर्नया गाउँपालिका ४ धम्कट्टेका २० वर्षीय नरेन्द्र लुहार भारतको नयाँदिल्लीस्थित अज्मिरी गेट रेल्वे स्टेसनबाट बेपत्ता भएका हुन । उपचारको लागि नेपाल बाट भारतको ब्याङ्लोर जाने क्रममा भारतको नयाँदिल्लीस्थित अज्मिरी गेट रेल्वे स्टेसनबाट नरेन्द्र लुहार बेपत्ता भएका उनका दाइ नवराज डबरलाले बताए ।
निलो टिस्ट, कालो पाईन्ट, कालो सेतो रंगीन जुत्ता लगाएका र थोरै स्वास्थ्यमा समस्या सहित कम मानसिक सन्तुलन रहेका, धेरै नबोल्ने, एकोहोरो टोलाई रहने, शान्त स्वभाव भएका नरेन्द्र लुहार यहि कार्तिक १२ गते रेल्वे स्टेसनबाट बेपत्ता भएका भारतको ब्याङ्लोरमा रहेका हरिराम पार्की हरपलले बताए । उपचार गर्न गएका नरेन्द्र रेल्वे स्टेसनबाट बेपत्ता भएपछि अहिले लुहार परिवार चिन्तित भएको छ ।
नरेन्द्र आफ्ना दाइ संकर लुहार संग भारतको ब्याङ्लोरमा स्वास्थ उपचार गर्न गएका भए पनि ब्याङ्लोर नपुग्दै रेल्वे स्टेसनबाट बेपत्ता भएका बेपत्ता नरेन्द्रको पारिवारिक स्रोतले जानकारी दिएको छ । एक साता अघि बेपत्ता भएका नरेन्द्र अहिले सम्म नभेटिएपछि उनको खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्। कसैले नरेन्द्रलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ७६७६५७३३१५ अथवा ९८६४७५६७८० नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।