Sagun Khabar
बैतडीमा दशैं तिहार लक्षित गरेर स्थापना गरिएका यात्रु सहायता कक्षबाट ४ सय बढीले सेवा लिए

बैतडी- बैतडीमा प्रहरीले दशैं तिहारलाई लक्षित गरेर स्थापना गरिएका यात्रु सहायता कक्षबाट ४ सय बढीले सेवा लिएका छन् । दशै तिहारको पुर्वसन्ध्या बाट  सञ्चालनमा आएका यात्रु साहयाता कक्षबाट ४ सय ७८ जनाले  सेवा लिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी  निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

उनका अनुसार सो समयमा २६४ पुरुष र २१४ महिलागरी जम्मा ४७८ जनाले सेवा लिएका हुन् । जिल्लाका बिभिन्न ठाउँमा स्थापना गरिएका यात्रु सहायता कक्षबाट सो संख्याका यात्रुहरुले सेवा लिएका पाण्डयले बताए ।

Atrya hospital

जिल्ला सदरमुकाम गोठलापानी, झुलाघाट सतबाँझ, पाटन, खोचलेक, गोकुलेश्वर, खोड्पे, पुर्चौंडी, मेलौली लगायतका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएका प्रहरी निरीक्षक पाण्डेयले बताए । क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तोकिएको भाडाभन्दा बढी भाडा लिन नदिन र यात्रुहरुलाई सहजताका साथ गन्त्व्यमा पुर्याउन यात्रु सहायता कक्ष स्थापना गरिएको थियो ।

यात्राका क्रममा सरसामान हराएको, बढी भाडा लिएको, यात्राका क्रममा हुने अन्य गुनासो लिएर सहायता कक्षमा आएको बताइएको छ । दशैं तिहारका  बेला यात्रुहरुलाई गन्त्व्यमा पुर्याउनका लागि सहज होस भनेर जिल्लामा प्रहरीले यात्रु सहायता कक्षबाट सेवा प्रवाह गर्दै  आएको  छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update