बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा आईतबार स्थानिय सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाको वडा नं ८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिकाले यहि कार्तिक २५ गते (आईतबार) स्थानीय सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाले शुक्रबार एक सूचना जारी गरेर त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीमा लाग्ने मेलाका लागि सबै सरकारी तथा गैर सरकारी संघ संस्थामा स्थानीय सार्वजनिक बिदा दिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बिष्टले बताए ।
हरेक बर्ष कार्तिक शुक्ल अष्टमीका दिन त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा हुने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।