बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–७ खेतीगाउँमा रहेको कर्ण केदार मन्दिर ताम्रपत्रले निर्माण हुने भएको छ । मन्दिरलाई ताम्रपत्रले निर्माण गर्ने उद्धेश्यले देश तथा विदेशमा रहेका दाताहरुबाट समाज समाजसेवि युवाहरु मार्फत आर्थीक संकलन अभियान समेत थालिएको थियो ।
समाजसेवी युवाहरु मार्फत संकलन गरीएको रकम रु ९९ हजार ५ सय ६९ रुपैयाँ शुक्रवार (हिजो) मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको समाजसेबि युवा प्रदिप कुमार जोशीले बताए ।
मन्दिरको गात ताम्रपत्रले निर्माण गर्न स्थानीयहरुको पहलमा देश तथा विदेशमा रहेका दाताहरुबाट संकलन गरिएको उक्त रकम मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको समाजसेवी युवा जोशीले बताए ।
अब उक्त रकमले कर्ण केदार मन्दिरको गात ताम्रपत्रले निर्माण गर्नु सहयोग पुग्ने मन्दिरका ब्यवस्थापनका अध्यक्ष तरा प्रशाद जोशीले बताए । उक्त कार्यमा सहयोग गर्ने सम्र्पुणलाई मन्दिर व्यवस्थापन समितिले धन्यवाद ज्ञापन गरेको छ ।