Sagun Khabar
बैतडीको पाटन १० स्थित महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको २५ औँ साधारण सभा सम्पन्न

बैतडी- बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबीच संस्थाको साधारण सभा सम्पन्न भएको सहकारी संस्थाका अध्यक्ष अर्जुन बहादुर कुवँरले बताए । 

महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन बहादुर कुवँरको सभाध्यक्षतामा सम्पन्न भएको २५ औँ साधारण सभाका प्रमुख अतिथि वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर रहेका थिए । शनिबार कालिका माविमा सम्पन्न साधारणसभाबाट संस्थाका व्यवस्थापक गगन बहादुर कुवँरले गत आर्थिक वर्षमा भएको आयव्यय प्रस्तुत गरेका हुन् । 

Atrya hospital

उहाँका अनुसार गत आर्थिक वर्षमा सेयर पुँजी ८६ लाख ८९ हजार ३०० रुपैया रहेको थियो,भने कुल बचत ४ करोड २१ लाख २४ हजार ७८ रुपैया,जगेडाकोषमा ४३ लाख ७ हजार २४७ रुपैया रहेको छ । ११ लाख ८४ हजार ६४४ खुद नाफा आम्दानी गरिएको थियो । 

सहाकारीमा ७ किसिमको बचत कार्यक्रम रहेको छ । यस संस्थामा ९८९ महिला र एक हजार ११७ पुरुषगरी २ हजार ९६ सेयर सदस्य रहेका छन् । यस संस्थाको कूल पुजी ७ करोड ८७ लाख, १७ हजार, २८ रुपैँया रहेको छ । महालक्ष्मी साना किसान कृषि सहकारी संस्था बिभिन्न किसिमका सुरक्षा बिमा समेत गर्ने गरीएको अध्यक्ष कुवँरले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update