Sagun Khabar
पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ – कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न काठमाण्डौ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

मानव तस्करीको आरोपमा विराटनगरमा पक्राउ कोशीका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीलाई न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आज पक्राउ गरेर हवाईजहाजमार्फत काठमाण्डौ ल्याएको थियो ।

Atrya hospital

सङ्गठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्रलगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गरेकोमा फिर्ता भएका थिए ।

अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नदिई जापान पुगेका थिए । उनले राजीनामा दिइसकेका छन् । यो प्रकरणमा अरू तीन जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरूले लाखौं रुपैयाँ बुझाएको बयान दिएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update