Sagun Khabar
नेपाल टेलिकम बैतडी शाखाको लापरवाहीले सेवाग्राहीलाई सास्ती

बैतडी - बैतडीका विभिन्न स्थानमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा प्रभावकारी  नहुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका १ कलौन , सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका सहितका विभिन्न स्थानमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउने हुदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको स्थानीयहरुले बताउने गरेका छन । नेटवर्कको समस्या रहेको बिषय नेपाल टेलिकम बैतडीलाई सुनाएको भए पनि चासो नदिइ लापरवाही गरेको स्थानीयले बताएको छ । यसले गर्दा जरुरी कामका लागि समेत सञ्चार विहिन हुनु परेको दशरथचन्द नगरपालिका वडा नम्बर एक कलौनका स्थानीय अखिल भट्टले बताए ।

 

बैतडीमा सोलार प्यानबाट सञ्चालित नेपाल टेलिकमका टावरले मौसमा  खराबि आउँदा काम गर्न छाड्ने भएपछि नागरिकहरुले  बेला बेला सास्ती  भोगनु परेको छ । जिल्लाका अधिकांस ठाउँमा नेपाल टेलिकमले टावर निर्माण गरेको भए पनि निर्माण गरिएका टावरबाट नेटवर्कले काम नगर्दा सेवाग्राहीले सास्ती भोग्नु परेको हो । नेपाल टेलिकम बैतडीलाई बेला बेला नेटवर्क समस्या रहेको स्थानीय बासिले जानकारी गराउने गराएको भएपनि नेपाल टेलिकम शाखा बैतडीले कुनै चासो नदेखाएको दशरथचन्द नगरपालिका वडा नम्बर एक कलौन लुइटाका स्थानीय आकाश बडुले बताए ।

Atrya hospital

जिल्लाभर सेवा दिइरहेको नेपाल टेलिकमले जिल्लाको सुर्नया ६को धुरामा सुर्नया र पाटन नगरपालिकाका विभिन्न स्थानलाई समेटने गरि, पाटन नगरपालिका ४ ठाडँमा पाटन नगरपालिकाका विभिन्न स्थानलाई केन्द्रित गरेर टावर निर्माण गरेको छ भने सुर्नया गाउँपालिका वडा नम्बर २ सतबझ स्थित सुर्नया र दशरथचन्द नगरपालिकाका गाउँबस्तीलाई केन्द्रिय गरेर टावर निर्माण गरिएका भएपनि उक्त टावरबाट सेवा प्रभावित हुदा नेट्वोर्कको समस्या आएको दशरथचन्द नगरपालिका वडा नम्बर १ कलौनका स्थानीय प्रकश चन्दले बताए । समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको भएपनि सरोकारवाला निकायले कुनै मतलब नगरेको स्थानीय चन्दले बताए ।

जिल्लामा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा  सेवाग्राही निराश भएका छन् । तर यता नेपाल टेलिकम शाखा बैतडीले भने नेपाल टेलिकमका टावर सोलार प्यानलबाट सञ्चालित रहेकाले समस्या भएको र बैतडीको हकमा टेलिकम टावर हामिले नहेर्ने र डडेल्धुराको आइएमइ टोलिले हेर्ने भन्दै अनुत्तरित प्रतिक्रिया दिएको छ ।

नेपाल टेलिकम शाखा बैतडी अहिले प्रमुख बिहिन भएर निमित्तको भरमा चलेको छ । तत्कालीन कार्यालय प्रमुख सजित प्याकुरेलको सरुवा भएपछि बैतडी शाखा प्रमुख बिहिन रहेको हो । तत्कालीन बैतडी शाखा प्रमुख सजित प्याकुरेलको पाला देखि नै नेटवर्क समस्याको विवादमा रहेको बैतडी शाखामाले बैतडीमा नेटवर्क समस्याको विवादहरु सुल्झाउन नसकेपछि सरुवा भएर आएको अभिव्यक्ति तत्कालीन प्रमुख प्याकुरेलले दिने गरेका छन ।

बैतडीका अधिकांस ठाउँका नागरिकले नेपाल टेलिकमकै सेवा प्रयोगमा ल्याएका भएपनि बेला बेला नेटवर्कमा समस्या हुदा नागरिकले सास्ती भोग्नु परेको हो । बैतडीमा ३५ ओटा नेपाल टेलिकमका टावर  छन् । जसमध्ये ९ ओटा  टावर सोलार प्यानबाट सञ्चालित छन् । सबै नेपाल नेपाल टेलिकमका टावरमा विद्युत आपूर्तिका लागि पहल भइरहेको नेपाल टेलिकम शाखा  बैतडीले बताउदै आएको भएपनी नेटवर्कको समस्या भने हल हुन सकेको छैन ।

 

थप यो संग सम्बन्धित यसै बिषयमा तयार पारिएको एक रेडियो रिपोर्ट https://www.facebook.com/share/v/18AQX6KQfR/?mibextid=oFDknk

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update