Sagun Khabar
दार्चुलाको शैल्यशिखर नगरपालिकामा भोलि र पर्सि सार्वजनिक बिदा 

बैतडी–दार्चुलाको शैल्यशिखर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । राष्ट्रकै सातौं धामको रुपमा रहेको शैल्यशिखर मालिकार्जुनमा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

शैल्य मालिकार्जुनको जात्रामा नगरपालिकाले सार्वजनिक बिदा दिँदै आएकाले यो बर्ष पनि जात्राको अवसरमा दुई दिन बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए । 

Atrya hospital

कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा र कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन मन्दिरमा जात्रा हुने गर्दछ । 

मालिकार्जुन धाममा लाग्ने जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । जात्रामा नेपालका मात्रै नभएर भारतका दर्शनार्थीहरु समेत आउने गरेका छन् । 

दार्चुलाका अधिकांश ठाउँमा अहिले जात्राको रौनक छाएको छ । कार्तिक शुक्ल पक्षभरी विभिन्न मठमन्दिरहरुमा जात्रा लाग्ने गरेको स्थानीयहरुले बताएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update