Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक महिला घाइते

 बैतडी–बैतडीमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् । 

जिल्लाको मेलौली नगरपालिका–४ तिताबैकी ३० बर्षीया निर्मला चन्द भीरबाट लडेर घाइते भएकी हुन् । 

Atrya hospital

सोमबार दिउँसो १२ बजेको समयमा घर नजिकैको खरफागलामा खर काट्ने क्रममा चन्द भीरबाट लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइते चन्दको धनगढीमा उपचार भइरहेको छ । भीरबाट लडेर घाइते भएपछि सोमबार नै उनलाई डडेल्धुरा अस्पताल पुर्याएको भएपनि डडेल्धुरा अस्पतालले धनगढी रेफर गरेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update