Sagun Khabar
दार्चुलाका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा 

दार्चुला –दार्चुलाका दुई स्थानीय तहहरुले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएका छन् । 

राष्ट्रकै सातौं धामको रुपमा रहेको प्रसिद्ध मालिकार्जुन धामको जात्राको अवसरमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । 

Atrya hospital

मालिकार्जुन धाममा आज कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा हुने र भोलि कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन मन्दिरमा जात्रा हुने भएकाले बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् । 

मालिकार्जुन धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । मालिकार्जुन धामको जात्रामा स्थानीयहरुको सहभागितालाई ध्यानमा राखेर हरेक बर्ष जस्तै यो बर्ष पनि बिदा दिइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए । 

यस्तै मालिकार्जुन जात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जात्रा अवधिभर उक्त क्षेत्रमा जुवातास खेल्न र खेलाउन तथा मदिरा विक्रि, वितरण तथा सेवनमा पूर्णतया रोक लगाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update