Sagun Khabar
दार्चुलाको दुहुँ–५ मा माओवादी केन्द्रबाट कार्की उम्मेदवार 
Atrya hospital

दार्चुला –दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले बिरसिंह कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।

दुहुँ गाउँपालिका–५ मा २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाअध्यक्ष मनोरथ भट्टको निधनपछि उपनिर्वाचन हुन गइरहेको छ ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा कार्कीलाई वडा अध्यक्ष उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्र दार्चुलाका नेताहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update