Sagun Khabar
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
Atrya hospital

म्याग्दी – गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको छ । उहाँको उपचारकाक्रममा काठमाण्डौको ग्राण्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले जानकारी दिए ।

म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिइन् । केही दिन अघि उनलाई डेङ्गी सङ्क्रमण भएको थियो । गौचनका छोरा अमेरिकाबाट फर्किएपछि मात्रै अन्त्येष्टि गरिने भएको छ ।     
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update