बैतडी–बैतडीको शिवनाथ गाउँपालिका वडा नं –६ कुँडीस्थित कनल्या केदार मन्दिर परिसरमा धर्मशाला निर्माण गरिएको छ ।
स्थानीयहरु चन्दा संकलन गरेर मन्दिर परिसरमा धर्मशाला निर्माण गरिएको स्थानीय गणेशदत्त भट्टले बताए ।
मन्दिरको धर्मशाला निर्माणका लागि स्थानीयहरुबाट १ लाख ८२ हजार ३३८ रुपैयाँ चन्दा संकलन भएको समितिका संयोजक तारादत्त भट्टले बताए । मन्दिरमा पूजापाठ गर्नका लागि पुग्ने श्रद्धालुहरुलाई सहज होस भनेर धर्मशाला निर्माण गरिएको हो ।
स्थानीयहरुले आर्थिक सहयोग गर्नुका साथै धर्मशाला निर्माणमा अन्य सहयोग समेत गरेका समितिका सहसंयोजक केशवदत्त भट्टले बताए ।
कनल्या केदार मन्दिरमा घेरपर्खाल र शौचालय समेत निर्माण गर्नुपर्ने देखिएकाले सबैलाई सहयोगका लागि अपिल समेत गरिएको भट्टले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ १८:२६
प्रतिक्रिया दिनुहोस्