दार्चुला –दार्चुलामा जिप दुर्घटनामा परी मत्यु हुनेको संख्या सात जनाको पुगेको छ । ६ जना घाइते भएका छन् ।
मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जिप दुर्घटनामा परेको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ६ जनाको जनाको घटनास्थलमै र एकजनाको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको उनले बताए ।
घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।