Sagun Khabar
कोप–२९ मा सहभागी भएर राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाण्डौं–राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् । 

राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाअध्यक्ष, उपसभामुखलगायत उच्च पदस्थ अधिकारीले स्वागत गरे ।

Atrya hospital

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल गएको कात्तिक २५ गते बाकु प्रस्थान गरेको थियो ।

कात्तिक २६ देखि शुरु भएको कोप–२९ सम्मेलन आउँदो मङ्सिर ७ गतेसम्म चल्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update