Sagun Khabar
दार्चुला जिप दुर्घटना : एकै क्याम्पसका दुई कर्मचारीको मृत्यु

 दार्चुला –दार्चुलामा एउटै क्याम्पसमा कार्यरत २ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ बजानीमा भएको जिप दुर्घटनाका मृतक ८ जना मध्ये दुई जना गोकुलेश्वर बहुमुखी क्याम्पसका कर्मचारी रहेका छन् । 

Atrya hospital

शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिपसिंह बिष्टको घटनास्थलमै र शैल्यशिखर ४० बर्षीया मीना लेखकको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिष्ट क्याम्पसको पुस्तकालय शाखाका  प्रमुख थिए । उनी २०६६÷६७ देखि क्याम्पसको पुस्तकालय शाखामा आबद्ध थिए । 

लेखक क्याम्पसको प्रमुख लेखापाल थिइन् । क्याम्पस स्थापनाकालदेखि नै उनी लेखा शाखामा कार्यरत थिइन् ।  उनका श्रीमान् र दुई छोरा छन् । 

एकै क्याम्पसमा कार्यरत दुईजनाको सवारी दुर्घटनामा निधन भएपछि क्याम्पस परिवार शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update