भारत उत्तर प्रदेशको झाँसीमा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।
अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा आगो लागेको थियो । झाँसी जिल्लाका मजिस्ट्रेट अविनाश कुमारले १० जना नवजात शिशुको मृत्यु भएको गरेका बीबीसी हिन्दीले जनाएको छ । गएराति साढे १० बजेतिर एनआईसीयू भित्रको युनिटमा आगो लागेको थियो ।
विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । दमकलसहितको टोली समयमै आइपुगेकाले धेरै बालबालिकालाई सुरक्षित उद्धार गरिएको अस्पतालले जनाएको छ । घटनाको छानबिनको लागि आयुक्त र डीआईजीको सुपरिवेक्षणमा तत्कालै छानबिन समिति गठन गरिएको खबरमा उल्लेख छ ।
यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको बारेमा दुख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ ०७:५८
प्रतिक्रिया दिनुहोस्