बझाङ–बझाङमा एक युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो ।
आज बिहान करिब १० बजेको समयमा भाँडे बजारमा सामान पुर्याएर घर फर्किने क्रममा भण्डारी गाउँ नजिकै चिप्लिएर संगीता सेती नदीमा परेका थिइन् ।
चिप्लिएर नदीमा परेकी संगीताको शव बगेको स्थानबाट करीब ५ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १५:२०
प्रतिक्रिया दिनुहोस्