काठमाण्डौँ – पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
उनी क्यान्सर रोगबाट पीडित थिए । केही समयअघि भारतमा उपचार गराएर उनी नेपाल फर्किएका थिए । उनको आइतबार दिउँसो फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ढुंगाना २०४६ सालको जनआन्दोलनपछिको पहिलो प्रतिनिधिसभामा २०४८ देखि २०५१ सालसम्म सभामुख थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १५:४३
प्रतिक्रिया दिनुहोस्