बैतडी – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज भव्य ¥याली गरेको छ । सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रङ्गशालासम्म आयोजना गरेको ¥यालीमा उल्लेख्य सङ्ख्यामा समर्थकको सहभागिता रहेको थियो ।
¥यालीमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडी सहभागी भएका थिए । ¥यालीमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीको पनि देखाइएको थियो ।
टोलीले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।
र्यालीपछि आयोजित समारोमा बोल्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलले नेपालमा क्रिकेटको नयाँ इतिहास रच्ने बताए ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।