बैतडी–नेपाली कांग्रेसले बैतडीमा क्रियाशील सदस्यता वितरण गर्न थालेको छ ।
नवीकरण भएका र नयाँ सदस्यहरुलाई क्रियाशील सदस्यता वितरणको काम भइरहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार सबै पालिकामा क्रियाशील सदस्यता वितरणको काम हुने र अहिले दशरथचन्द नगरपालिकामा क्रियाशील सदस्यता वितरणको काम भइरहेको सचिव जोशीले बताए ।
क्रियाशील सदस्यता वितरण कार्यमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द आँफै पुगिरहेका छन् । पार्टीको संगठनलाई चलायनमान बनाउन क्रियाशील सदस्यता वितरण कार्यमा सरीक भइरहेको सभापति चन्दले बताए ।
जिल्लाभरी नयाँ र नवीकरण भएका सदस्यहरुलाई पार्टीको विधान बमोजीम क्रियाशील सदस्यता वितरण भइरहेको सभापति चन्दले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ ०७:३८
प्रतिक्रिया दिनुहोस्