Sagun Khabar
बैतडीमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ 
Atrya hospital

बैतडी–बैतडीमा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का ६० वर्षीय प्रेम चन्दलाई सोमबार उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

चन्दलाई जिल्ला अदालत बैतडीले ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष ३ महिना ३ दिन कैद सजाय र २५ हजार जरीवाना तोकेको थियो । 

सजाय तोकेकै दिनबाट फरार रहेका चन्दलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पेश गर्ने र अदालतले सजाय भुक्तानका लागि कारागार चलान गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update