डोटी –मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अवरुद्ध डोटीको केआइसिंह राजमार्ग खुलेको छ ।
डोटीमा शनिबार जिपले मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार दिपायल–सिलगढी नगरपालिका –१ सिर्खोलीका ३२ बर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो । मृतक साउँदका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै स्थानीयहरुले सोमबार रातिदेखि केआइसिंह राजमार्ग अवरुद्ध गरेका थिए ।
मंगलबार पीडित पक्षलाई क्षतिपूर्ती दिने सहमतिपछि दिउँसो १२ बजेदेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सन्दीप शाहले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १७:१३
प्रतिक्रिया दिनुहोस्