डडेल्धुरा –डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा मंगलबार दिउँसो जिप दुर्घटना भएको हो ।
महेन्द्रनगरबाट डडेल्धुराको सलेता आउदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।
दुर्घटनामा ७ जना घाइते भएका छन् । ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ ।
मृतक दुवैजना महिला रहेका भएपनि पहिचान खुल्न बाँकी रहेको छ । घाइतेहरुको पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्