बैतडी–नेकपा माओवादी केन्द्रले बैतडीमा मंसिर महिनाभित्र वडा सम्मेलन र पालिका सम्मेलन सम्पन्न गर्ने भएको छ ।
मंगलबार बैतडीको पाटनमा सम्पन्न भएको माओवादी केन्द्र जिल्ला समन्वय समितिको बैठकले मंसिर १५ गतेभित्र सदस्यता नवीकरण गरिसक्ने र मंसिर १६,१७ र १८ गते वडा सम्मेलन गर्ने निर्णय गरेको माओवादी केन्द्र बैतडीका जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
८४ ओटै वडामा तीनदिन भित्र सम्मेलन सम्पन्न गरेर मंसिर २५ गतेबाट पालिका सम्मेलन गर्ने निर्णय भएको उनले बताए । मंसिर २५ देखि मंसिर ३० गतेसम्म १० ओटै पालिकामा सम्मेलन सम्पन्न गर्ने निर्णय भएको जिल्ला संयोजक भण्डारीले बताए ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर) प्रमुख अतिथी रहेका थिए । यस्तै बैठकमा केन्द्रीय सदस्य दलबहादुर धामी, प्रदेश कमिटि उपाध्यक्ष रणबहादुर कुँवर, प्रदेश कमिटि सचिवालय सदस्य प्रेमप्रकाश भट्ट (आदित्य) लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।