Sagun Khabar
डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, ९ जना घाइते (अपडेट) 

डडेल्धुरा –डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृतक दुवै जना महिला रहेका छन् । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको नौलामा मंगलबार दिउँसो तीन बजेर ३ बजेर ५० मिनेट जिप दुर्घटना भएको हो । 

Atrya hospital

कञ्चनपुरको दैजीबाट डडेल्धुराको जागबुढा आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

जिपमा चालकसहित १२ जना सवार रहेको बुझिएको छ । घाइते ९ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ । 

जिप चालक डडेल्धुराको परशुराम नगरपालिका –११ एक्लेगडाका २४ बर्षीय प्रकाश कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सकुशल रहेका छन् । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update