Sagun Khabar
डडेल्धुरा जिप दुर्घटना : मृतकको पहिचान खुल्यो 

डडेल्धुरा –डडेलधुराको परशुराम नगरपालिका–९ नौलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ ।

मृत्यु हुनेमा परशुराम नगरपालिका–९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका–७ की ३८ वर्षीया धनादेवी बुढा रहेका जिल्ला प्रहरी कार्यालयका डडेलधुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

Atrya hospital

दुर्घटनामा परी घाइते भएका ९ जनाको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडातर्फ आइरहेको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुर र डडेलधुराको सीमा नजिकै नौलामा मंगलबार दिउँसो दुर्घटना भएको थियो । जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ । चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update