कञ्चनपुर–कञ्चनपुरमा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेमबहादुर धामी पक्राउ परेका हुन् ।
दुवै जनालाई २ नाल भरूवा बन्दुक, २ प्याकेट बारुद, बन्दुकको सिसा ३८ टुक्रा, फलाम २७ टुक्रा, बन्दुकको क्याप १२ वटा र खुकुरी २ थानसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त गस्ती टोलीले भीमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ ११:२०
प्रतिक्रिया दिनुहोस्